3 in 1 दाह्री कपाल काट्ने चार्जवाला मेसिन

यो मेसिन मा हेयर ट्रिमर एक पिस ,सेभर एक पिस र नाक कानको रौं काट्ने मेसिन एक पिस हुन्छ । तीनवटा काम गर्ने भएकोले यो एकदमै उपयोगी छ । यसले आफ्नो इच्छा अनुसार दाह्री कपाल छोटो बनाउन ,दाह्री ब्लेडले काटेको जस्तो चिल्लो बनाउन साथै नाक भित्रको रौं सजिलै काट्न सकिन्छ

1.Trimmer

यो मेसिनलाइ ट्रिमरको रुपमा प्रयोग गर्नको लागि सबै भन्दा पहिले मेसिनमा ट्रिमर हेड फिट गर्ने । येदि दाह्री छोट्टाउने हो भने यो मेसिन संगै आएको क्लिप फिट गर्ने । दाह्री कत्तिको छोटो पार्ने हो त्यही अनुसार क्लिपलाइ तल माथि सार्ने । अब मेसिन अन गर्ने र दाह्री काट्ने ,यसले छाला नकाट्ने हुनाले ढुक्क भएर दाह्री काट्न सकिन्छ । यदी पुरै दाह्री फाल्ने हो भने क्लिप झिकेर काट्नु पर्छ

2.shaver

यो मेसिनलाइ ट्रिमरको रुपमा प्रयोग गर्नको लागि सबै भन्दा पहिले मेसिनमा सेभर हेड फिट गर्ने । दाह्री अलि लामो भैसकेको छ भने पहिला सेभर हेड पछाडी भएको सानो ट्रिमर अन गरेर पहिला त्यो दाह्री फाल्ने किनकि सेभर हेडले लामो दाह्री काट्दैन यसले चिल्लो मात्र बनाउँछ । येदि दाह्री दुइ तिन दिनको मात्र लामो छ भने सिधै सेभर हेडले काट्दा हुन्छ । सेभिङ्ग गर्नको लागि गालाको छाला तन्काउने र शेभर हेड अन गरेर हल्का प्रेस गर्दै मेसिनलाइ तल माथि गर्दै काट्ने । यो मेसिनले ब्लेडले काटेको जस्तै चिल्लो काट्छ 

3.Nose hair Trimmer

नाकको रौं काट्न एकदमै अफ्ठ्यारो हुन्छ र आफैले काट्न पनि सकिदैन तर यो मेसिनले सजिलो र सुरक्षित तरिकाबाट आफैले काट्न सकिन्छ । त्यसको लागि सबैभन्दा पहिला नोज ट्रिमर हेड फिट गर्ने , मेसिन अन गर्ने ,नाकको प्वालभित्र छिराउने र मेसिनलाई दायाँ बायाँ गर्ने । नाकको रौं  काटिहाल्छ ,यसले छाला नकाट्ने भएकोले ढुक्क संग काट्न सक्नुहुन्छ । यो मेसिनमा AA size को एउटा ब्याट्री हाल्नु पर्छ 

Back to blog